जापानमा आपतकालीन अवस्था घोषणाको तयारी

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमण जापानमा पनि उच्च छ। अहिले विभिन्न शहरमा आपतकालीन अवस्था घोषणाको तयारी गरिएको छ।

जापानी सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री शिन्जो आबेले केही शहरमा लागु हुने गरी आपतकालीन अवस्था घोषणाको तयारी गरेका छन्।

प्रधानमन्त्री आबेले सोमबार अबेर वा त्यसपछि टोकियो तथा ओसाकासहितका ठूला शहरमा लागु हुने गरी आपतकालीन अवस्था घोषणा गर्ने बताइएको छ। 

जापान सरकारले नागरिकहरुलाई घर भित्रै बस्न विशेष निर्देशन जारी गर्ने तयारी छ। तर पूरै देशभर भने लागु हुने छैन र घोषणा लगत्तै पनि आपतकाल लागु हुने छैन। 

जापानमा चीन वा केही युरोपेली देशमा जस्तो देशभर लकडाउन लागु गर्ने अधिकार प्रधानमन्त्रीमा छैन।

उनले अत्यावश्यक बाहेकका व्यापार व्यवसाय बन्द गर्नका लागि निर्देशन दिन सक्ने छन्। जापानमा अहिलेसम्म कोरोनाका कारण ८५ जनाको मृत्यु भएको छ। यस्तै अहिलेसम्म ३६ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: : 2020-04-06 10:33:53

प्रतिकृया दिनुहोस्