विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउन मकवानपुर जिल्ला प्रहरीले सक्रियता बढाएको छ।
लकडाउन सर्वसाधारणका लागि भएकाले त्यसबाट सचेत रहन र सुरक्षित गराउन प्रहरीले सक्रियता बढाएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकरी दिए।
'जिल्लाअन्तर्गत बजार क्षेत्रमा माइकिङ गराउँदा सर्तक तथा कारवाही सन्र्दभमा प्रहरीले सूचनासमेत दिने गरेको छ', उनले भने, 'लकडाउन उल्लङ्घनको सन्र्दभमा व्यापक गुनासो आएपछि प्रहरीको सक्रियता बढेको हो।'
घरमा सुरक्षित रहन र स्यानिटाइजको प्रयोग गर्न हेटौँडाका विभिन्न सङ्घ संस्थाले विज्ञप्तिमार्फत सचेत गराउँदै आएको प्रमुख नेपालको भनाइ छ।