भारत र पाकिस्तानमा कोरोनाको संक्रमण दर तीव्र, एकैदिन २४ ले गुमाए ज्यान

बिएल संवाददाता

मुम्बई,बिएल हिन्दी ब्यूराे

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर भारत र पाकिस्तानमा तीव्र देखिएको छ।

भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११७ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा ७०० जना नयाँ संक्रमित भेटिएका छन्। योसँगै भारतमा संक्रमित हुनेको संख्या ४ हजार २८८ पुगेको छ।

भारतमा संक्रमितमध्ये ३२८जना उपचारपछि निको भएका छन्। ३ हजार ८४३ जना उपचाररत छन्।

यस्तै कोरोनाले पाकिस्तानमा एकै दिन ६ जनाको ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४७ पुगेको छ।

पाकिस्तानमा एकैदिन ३३९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ हजार १५७ पुगेको छ। पाकिस्तानमा

संक्रमितमध्ये २११ जना उपचारपछि निको भएका छन्। २ हजार ८९९ जना उपचाररत छन्। उनीहरुमध्ये १८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रकाशित मिति: : 2020-04-06 09:31:00

प्रतिकृया दिनुहोस्