भारतमाको मुम्बई शहरमा कोरोना भाइरस महामारीको ‘इपिसेन्टर’ बनेको छ। आइतबार मुम्बईमा संक्रमणका १०३ नयाँ संक्रमित देखिएको छ। याेसँगै यहाँ ४ सय ३३ जना संक्रमित फेला परेका छन्। यता ३० जनाले ज्यान गुमाइसकेका छन्।
यस्तै, मध्यप्रदेशको राजधानी भोपालमा आइतबार २३ जना नयाँ संक्रमित फेला परेका छन् जसमध्ये ३ जना डाक्टर सामेल छन्।
भारतमा महाराष्ट्रमा सर्वाधिक ७९३ जना संक्रमित रहेका छन् भने ४५ जनाले ज्यान गुमाएका छन्। महाराष्ट्रपछि मध्यप्रदेश र तेलंगानामा १२–१२ जनाले ज्यान गुमाएका छन्।
संक्रमितको संख्या भने तमिलनाडु ५७१ जनासहित दोस्रो स्थानमा छ भने राजधानी दिल्लीमा ५०३ जना संक्रमित फेला परेका छन् भने ७ जनाले ज्यान गुमाएका छन्।
योसँगै देशमा कूल संक्रमितको संख्या ३ हजार ४९३ पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या ८३ पुगेको बताएको छ। यसमध्ये २७४ जना निको भएर घर फर्किसेका छन्। देशमा कोरोनासंक्रमित मध्ये २१ देखि ४० वर्ष उमेर समूहका सर्वाधिक ४२ प्रतिशत रहेका छन्।