सरकारले लकडाउन थप गरेन

बिएल संवाददाता

काठमाडाै‌ं

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप गर्नेबारे कुनै निर्णय लिएन। सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिए।

यद्यपी सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ। बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो। पहिलो चरणको चैत १८ गतेसम्म घोषणा गरिएकोमा पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ।

यस्तै मन्त्रिपरिषदको बैठकले स्वास्थ्य कर्मीलाई प्रोत्साहन भक्ताका साथै स्वास्थ्य उपकरणको छिटो उपलब्ध गराउने, बाधा उत्पन्न गर्ने बाधा पुर्याउनेलाई कारबाही गर्ने, उपचारमा संग्लग्न चिकित्सकको सुरक्षा प्रत्याभूति गर्ने निर्णय गरेको छ ।

यता बैठकले कैलाली कञ्चनपुर र बाग्लुंगमा नयाँ संक्रमण देखा परेकोले ति क्षेत्रमा संभाब्य ब्यक्तिको परिक्षण गर्ने र शंकामा भएका ब्यक्तिलाई पुन: परिक्षण गर्ने भएकाे। ति क्षेत्रमा र्यापिड परिक्षण गर्ने बैठकले निर्णय गरेकाे छ।

 

प्रकाशित मिति: : 2020-04-04 20:23:40

प्रतिकृया दिनुहोस्