कुवेतमा कोरोनाबाट पहिलो मृत्यु

कुवेतमा कोरोना भाइरस संक्रमणबाट शनिबार एक व्यक्तिको मृत्यु भएको छ ।

सरकारी समाचार संस्था कुवेत न्युज एजेन्सीले स्वास्थ्य मन्त्रालयका प्रवक्ता अब्दुल्ला अल सनदलाई उद्धृत गर्दै समाचार पुष्टि गरेको छ ।

यसैबीच, थप ११ जना व्यक्तिमा कोरोना निको भएको त्यहाँका स्वास्थ्यमन्त्री बसेल अल सबाले बताएको एजेन्सीले जनाएको छ । याेसँगै काेरेानबाट निकाे हुनेकाे संख्या ९३ पुगेकाे छ।

कुवेतमा विगत २४ घण्टामा ६२ जना थप व्यक्तिमा संक्रमण देखिएको छ । हालसम्म संक्रमितको सङ्ख्या ४७९ पुगेको छ ।

प्रकाशित मिति: : 2020-04-04 17:55:38

प्रतिकृया दिनुहोस्