मिर्गाैलापीडितलाई स्थानीय तहको निःशुल्क यातायात सेवा 

स्याङ्जा जिल्लाका स्थानीय तहले मुटुरोगका साथै डायलोसिस गर्नुपर्ने बिरामीका लागि निःशुल्क अस्पताल लैजाने ल्याउने व्यवस्था मिलाएका छन्। 

लकडाउन कारण यातायात सञ्चालन नहुँदा उपचारमा जान समस्या हुने भएकाले पोखरासम्म लाने र ल्याउने व्यवस्था मिलाइएको ती पालिकाले जनाएका छन्। 

लकडाउनका कारण बेलाबेलामा डायालोसिस गर्नुपर्ने बिरामीलाई समस्या नहोस् भनेर नगरपालिकाले एउटा छुट्टै सवारी साधनको ब्यवस्था गरेको पुतलीबजार नगरपालिकाका नगरप्रमुख सीमाकुमारी क्षेत्रीले बताए।

पालिकाका दीर्घरोगी एवं नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि गाउँपालिका आफैँले आषधि वितरण गरेको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीको भनाइ छ। 'डाइलासिस गर्नुपर्ने बिरामीका लागि पनि विशेष सवारी साधनको व्यवस्था गरी अस्पताल लाने ल्याउने गर्नेछौं' उनले भने।

प्रकाशित मिति: : 2020-04-04 13:46:11

प्रतिकृया दिनुहोस्