नेपालमा थप ३ मा देखियाे कोरोना, संक्रमितकाे संख्या ९ पुग्याे

नेपालभित्रै पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको भेटिएको छ।

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा कोरोना संक्रमित संख्या नौ पुगेको छ। भारतबाट फर्किएका दुईसहित कैलाली र कञ्चनपुरमा थप तीन जनामा काेराेनाकाे संक्रमण देखिएकाे हाे। नेपालभित्रै पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको भेटिएको छ।

भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ। त्यस्तै, यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त एक जना महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमित महिला चौथो संक्रमित व्यक्तिका भाउजु हुन्। संक्रमित व्यक्ति युएईबाट नेपाल आएका थिए।

सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2020-04-04 13:19:02

प्रतिकृया दिनुहोस्