लकडाउन उल्लंघन गर्ने एक हजार ६२ जनालाई प्रहरीले २ घन्टा उभ्यायो

बिएल संवाददाता

काठमाडाै‌ं

लकडाउन उल्लंघन गरेको आरोपमा प्रहरीले एक हजार ६४ जनालाई उभ्याएको छ । 

शनिबार बिहान काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई उभ्याइएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार कारबाहीमा पर्ने मध्ये २८१ जना महिला छन् । 

उनीहरुलाई सडक किनारमा उभ्याएर प्रहरीले कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिएको छ ।

यस्तै १७२ वटा सवारीसाधन पनि नियन्त्रणमा परेका छन् ।
 

प्रकाशित मिति: : 2020-04-04 10:39:41

प्रतिकृया दिनुहोस्