कोरोना संक्रमणबाट स्पेनमा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्याे

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको संक्रमणबाट स्पेनमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ।

बिहीबार दिउँसोसम्म स्पेनमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार तीन पुगेको छ भने १ लाख १० हजार २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

यस्तै युरोपेली मुलुक इटालीमा १३ हजारभन्दा बढी मानिसहरुले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या १ लाख १० हजारभन्दा बढी छ।

कोरोनाको महामारीबाट हालसम्म विश्वभर साढे नौ लाख मानिसहरु संक्रमित भएकोमा ४८ हजार २ सय ७६ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-04-03 09:47:51

प्रतिकृया दिनुहोस्