पुटिनले अमेरिकालाई ६० टन मेडिकल सामग्री पठाए

बिएल संवाददाता

न्युयाेर्क

रुसले कोरोना भाइरसको महामारीसँग जुधिरहेको अमेरिकालाई ६० टन मेडिकल सामग्री पठाएको छ।

रुसले पठाएको मेडिकल सामग्री बोकेको विमान अमेरिकाको जोन एफ केनेडी अन्तर्राष्ट्रिय रंगशालामा अवतरण भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्।

रुसले पठाएको कार्गो विमानमा भेन्टिलेटर, मास्क, पीपिईलगायत सामग्री रहेको जनाइएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी सहयोगप्रति आभार प्रकट गरेका छन्। उनले भनेका छन्,‘रुसले धेरै धेरै ठुलठुला सामग्री, मेडिकल उपकरण लगायतले भरिएको प्लेन पठाएको छ जुन निकै राम्रो हो।’

यो सहयोगलाई लिएर दुई देशका अधिकारीले आफ्ना देशका कार्यकारी प्रमुखको आलोचना गरेको जनाइएको छ। अमेरिकी अधिकारीले पुटिनको सहयोग पछाडिको कारणलाई लिएर आलोचना गरेका छन् भने रुसी अधिकारीले देशभित्र कोरोनाको संकट आईरहँदा पुटिनले अन्तर्राष्ट्रिय सहयोगमा चासो देखाएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन्।

पछिल्लो २४ घण्टामा अमेरिकामा ९६० जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या ६ हजार ६२ पुगेको छ। संक्रमितको संख्या अमेरिकामा दुई लाख ४४ हजार ३२० पुगेको छ, यसमा पछिल्लो २४ घण्टामा २९ हजार ३१७ जना थपिएका हुन्।

गएको डिसेम्बरमा पहिलोपटक पहिचान भएको कोरोनाको संक्रमण साढे तीन महिनाभित्र विश्वभर १० लाख भन्दा बढी मानिसमा पुष्टि भएको हो। अहिलेसम्म विश्वभर १० लाख १४ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ। अहिलेसम्म विश्वभर ५३ हजार १५८ जनाको विश्वभर कोरोना भाइरसका कारण भएको कोरोना कारण मृत्यु भएका छन्। अहिलेसम्म दुई लाख १२ हजार ०१८ जनामा भने संक्रमण निको भएको छ।

प्रकाशित मिति: : 2020-04-03 07:35:37

प्रतिकृया दिनुहोस्