बाबुरामको कटाक्ष : काेराेना भाइरस मार्ने बन्दुक र गोलीले हो ?

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मेडिकल सामग्री ल्याउने जिम्मा सेनालाई दिएको प्रति सरकारलाई कटाक्ष गरेका छन्। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा सेना नपर्ने भएकाले सरकारले विकल्प रोजेको टिप्पणी गरेका हुन्।

बिहिबार साँझ सामाजिक सन्जाल ट्विटरमा भट्टराईले कोरोना भाइरस बन्दुक र गोलीले मार्ने जसरी सेनालाई जिम्मेवारी दिएको उल्लेख गरेका छन्। 

‘भाइरस मार्ने बन्दुक र गोलीले हैन होला !,’ भट्टराईले ट्विटरमा प्रश्न गरेका छन्, ‘अनि सरकारले किन चीनबाट स्वास्थ्य सामग्री किन्न सेनालाई अघि सारेको होला ?’

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि ओम्नी समूहसँग अत्यावश्यकीय स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरेको थियो । तर, समयमै निर्धारित सामग्री दिन नसकेकोको भन्दै सम्झौता रद्द गरेको सरकारले चीनबाट जीटूजी प्रक्रियामार्फत स्वास्थ्य सामग्री खरिद गर्ने संकेत गरेको छ ।

भट्टराईले यसअघि जीटूूजी विधिबाट किन खरिद गरिएन भन्ने प्रश्न पनि उठाएका छन् । ‘ के वाणिज्य,आपूर्ति लगायतका निजामति निकाय छैनन्? जी-टू-जी विधिबाट पहिल्यै किन नल्याएको?के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो?चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको?,’ बाबुरामको प्रश्न छ ।

प्रकाशित मिति: : 2020-04-02 23:11:46

प्रतिकृया दिनुहोस्