भारतमा काेराेनाबाट एकैदिन १० जनाले ज्यान गुमाए, २३ सय बढी संक्रमित

बिएल संवाददाता

नयाँदिल्ली

भारतमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको छ।

बिहीबार मात्रै कोरोनाबाट संक्रमित १० जनाले ज्यान गुमाएका छन्।

यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ।

आज मात्रै भारतमा ३ सय ६३ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।

हालसम्म २ हजार ३ सय ४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

विश्वभर हालसम्म ९ लाख ८१ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने ५० हजारभन्दा बढीको मृत्यु भएको छ।

अमेरिका, इटाली, स्पेन जर्मनी, चीन, फ्रान्स, इरान, बेलायतलगायतका देश कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेका छन्।
 

प्रकाशित मिति: : 2020-04-02 23:01:17

प्रतिकृया दिनुहोस्