कोरोना : इटाली र स्पेनलाई उछिन्दै अमेरिका पहिलाे स्थानमा, चीन चाैथाेमा झर्‍याे

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टामा सात सय २६ जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या तीन हजार ८६७ पुगेको छ। अमेरिका मृत्यु हुनेको संख्यामा पनि चीन भन्दा अघि लागेको छ।

यस्तै थप २३ हजार ९४१ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कुल संक्रमितको संख्या एक लाख ८७ हजार ७२९ पुगेको छ।

विश्वभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण चार हजार ३४१ जनाको मृत्यु भएको छ। यस्तै ७२ हजार ५६१ संक्रमित थपिएका छन्।

इटाली र स्पेनमा क्रमशः थप ८३७ र ७४८ जनाको मृत्यु भएपछि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या क्रमशः १२ हजार ४२८ र ८ हजार ४६४ पुगेको छ।

इटालीमा एक लाख पाँच हजार ७९२ तथा स्पेनमा ९५ हजार ९२३ जनामा संक्रमण पुष्टि भएको छ। चीनमा भने नयाँ संक्रमित तथा मृत्यु हुने थपिएका छैनन्। चीनमा कुल संक्रमितको संख्या ८१ हजार ५१८ तथा मृत्यु हुनेको संख्या ३३ सय पाँच रहेको छ।

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४० हजार भन्दा बढी पुगेको छ। अहिलेसम्म ४२ जहार ११४ जनाको ज्यान गएको छ। यस्तै संक्रमितको संख्या ८ लाख ५७ हजार २९९ रहेको छ। अहिलेसम्म एक लाख ७७ हजार १४१ जना निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: : 2020-04-01 07:05:02

प्रतिकृया दिनुहोस्