विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले धूम्रपान गर्नेहरु कोरोना भाइरसको उच्च जोखिममा रहेका बताएको छ।
चुरोट, बिँडी खानेहरुलाई पहिले नै फोक्सोको रोग हुने जा फोक्सोको क्षमता कमजोर हुन सक्ने भएकोले गम्भीर बिरामीको जोखिम बढाउने डब्लुएचआले जनाएको छ।
चुरोट, बिँडीका कारण शरीरमा अक्सिजनको मात्रा कम हुने वा शरीरको क्षमता बढाउने शक्ति कम हुने हुँदा त्यस्ता व्यक्तिलाई निमोनिया जस्ता फोक्सोको गम्भीर समस्याको जोखिम हुने जनाइएको छ।
यसको साथै चुरोट, बिँडी खानेहरुले कोरोना प्रसारणलाई बढाउने जोखिम पनि धेरै रहेको डब्लुएचआको भनाइ छ। चुरोड, बिँडी समात्ने औँला तथा चुरोट बिँडी ओठको सम्पर्कमा रहने भएकोले हातबाट भाइरस सर्ने जोखिम उच्च रहेको हो।