फेटा, बारा — फेटा गाउँपालिका–६ पुरैनियामा शनिबार अपराह्न २ बजे पुग्दा ४२ वर्षीया सल्या खातुन प्लास्टिकको जगमा भुजामा तेल र नुन मिसाएर बनाइएको चटपटे खाँदै थिइन् । गत आइतबारको हावाहुरीले घर ध्वस्त बनाएपछि सेनाले निर्माण गरेको टेन्टमा बस्दै आएकी उनले बिहानको खाना अबेरसम्म खान नपाएपछि भोक मार्न चटपटे खाएको बताइन् ।