उपचारपछि घर फर्केकी एक गर्भवतीको मृत्यु

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पेट दुखेर उपचारका लागि गएकी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भिमाद नगरपालिका–९ की ३४ वर्षीया थमनकुमारी आले रहेकी छन्।

बिहीबार साँझ अस्पताल पुगेका उनलाई ग्याष्ट्रिक भएको भन्दै सुई लगाएर फर्काइएको थियो। तीन महिनाकी गर्भवती आलेकोे घर फर्केलगत्तै राति पुनः स्वास्थ्यमा समस्या आएपछि पोखरा लैजादै गर्दा बाटामा नै  मृत्यु भएको हो।

भिमाद नगरपालिका ९ का वडाध्यक्ष इमानबहादुर थापाका अनुसार अस्पतालको चरम लापरवाही भएका कारण महिलाको ज्यान गएको हो।
महिला नाताले वडाध्यक्ष थापाकी भाइबुहारी हुन्। 

'देशमा लकडाउनको समय भएकाले अहिले कुनै विरोध नगरेका हौं', उनले भने, ' सहज परिस्थ्तिि भएपछि यस्ता घटना आउँदा दिनमा नदोहोरियोस।' शव दाहसंस्कारका लागि तयारी गरिएको वडाध्यक्ष थापाले जानकारी दिए।

 

प्रकाशित मिति: : 2020-03-28 02:05:36

प्रतिकृया दिनुहोस्