हंगेरीमा बेलायती दुतावासको सहायक राजदुत रहेका स्टिभन डिकको कोरोना भाइरसका कारण मंगलबार निधन भएको छ।
३७ वर्षीय डिकको हंगेरीस्थित बुढापेस्टमा कोरोना भाइरस संक्रमणकै कारण निधन भएको विदेश विभागले पुष्टी गरेको हो। उनी गत डिसेम्बरदेखि हंगेरीमा कार्यरत थिए। विदेश विभागले उनकाे निधनमा गहिराे दु;ख ब्यक्त गरेकाे छ।