बेलायती राजकुमार चार्ल्स कोरोना ‘पोजेटिभ’

एजेन्सी

काठमाडाै‌ं

 बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

क्लेरेन्स हाउसले प्रिन्स अफ वेल्स कोरोना पोजेटिभ भएको पुष्टि गरेको हो।

एक प्रवक्ताले भने,‘७१ वर्षीय प्रिन्स चार्ल्समा कोरोनका केही लक्षणहरू देखिएको थियो,पछि परिक्षण गर्दा उनीमा कोरोनको लक्षण देखियो।’ तर स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रवक्ताले जानकारी दिएका छन्।

उनकी पत्नी क्यामेलियालाई पनि टेस्ट गरिएको तर उनीमा कोरोना संक्रमण नदेखिएको बिबिसीले जानकारी दिएको छ।

उनीहरु दुवैजना अहिले स्कटल्यान्डमा सेल्फ आइसोलेसनमा छन्। कहाँबाट कोरोना संक्रमण भयो भन्नेबारे स्पष्ट हुन सकेको छैन।

प्रकाशित मिति: : 2020-03-26 05:43:06

प्रतिकृया दिनुहोस्