काठमाडौँ — मिस नेपाल २०१९ का लागि लिइएको अडिसनको भिडियो शुक्रबार सामाजिक सञ्जालमा भाइरल भयो । त्यसमा एक प्रतियोगीले मेकअप नगरेको र चस्मा लगाएको भन्दै निर्णायकले प्रश्न गरेकी छन् । त्यसबारे सामाजिक सञ्जालमा चर्चा परिचर्चा भएको छ ।
फेसबुकमा अपलोड भएको २४ घण्टा पुग्न नपाउँदै भिडियोमा १९ हजार कमेन्ट र २७ हजार रियाक्सन आए । शुक्रबार साँझसम्म कम्तीमा १७ हजारले उक्त भिडियो सेयर गरिसकेका छन् ।