चीनको हुवेइमा लकडाउन हट्दै, बुधबारदेखि यातायात चल्ने

चीनको हुवेई प्रान्तमा लकडाउन हट्ने भएको छ। कोरोना भाइरस अर्थात कोभिड १९ को उद्गमस्थल रहेको हुवेईमा नयाँ बिरामी नदेखिएको र पुराना बिरामी पनि निको हुँदै गएकाले साढे २ महिनापछि लकडाउन हटाउने भएको हो।

सिन्हाका अनुसार हुवेइमा आउँदो अप्रिल ८ तारिख अर्थात चैत २६ गतेदेखि लकडाउन हट्ने र हुवेइका नागरिक अन्यत्र जान सक्ने भएका छन्।

यस्तै, हुवेइको यातायात सेवा भने भोलि बुधबार मार्च २५ तारिखदेखि सुरु हुनेछ।

हुवेइमा ६७ हजार ८ सय एक जनामा कोरोनाको सङ्क्रमण देखिएकोमा तीन हजार एक सय ६० जनाको ज्यान गएको छ।

प्रकाशित मिति: : 2020-03-25 02:31:21

प्रतिकृया दिनुहोस्