पाकिस्तानमा शक्तिशाली भूकम्प: २२ जनाभन्दा बढीको मृत्यु, ३०० जना घाइते

तस्बिरः एजेन्सी

पाकिस्तानमा मंगलबार अपरान्ह शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार अपरान्ह ४ बजे पाकिस्तान नियन्त्रित कस्मिर र पञ्जाबको सीमालाई केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

भूकम्पमा परी पाकिस्तान प्रशाशित कस्मिरमा २२ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ।

८–१० सेकेन्डसम्म निकै बलियो धक्का महशुस गरिएको थियो।

राजधानी इस्लामावाद, पेशावर, रावलपिण्डी र लाहोरमा पनि धक्का महशुस गरिएको थियो। भूकम्पले घर केही घर भत्किएका छन् भने मिरपुरमा सडक चिराचिरा भएको छ।

भूकम्प आएपछि दिल्लीका मानिसहरू घर छोडेर बाहिर निस्किएका छन्।

हरियाणा, उत्तर प्रदेश, पञ्जाब, चण्डीगढलगायत क्षेत्रमा पनि भूकम्पको धक्का महशुस गरिएको छ।

प्रकाशित मिति: : 2019-09-24 21:19:01

प्रतिकृया दिनुहोस्