कोरोना कोषलाई वसन्त चौधरीको १ करोड

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले घोषणा गरेको कोरोना कोषमा उद्योगपति वसन्त चौधरीले १ करोड सहयोग गर्ने घोषणा गरेका छन्।

चौधरीले सोमबार एक ट्विट गर्दै सरकारले स्थापना गरेको कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड सहयोग गर्ने बताएका छन्।

यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो। हाल सोही समितिले सबै कार्ययोजना बनाएर काम गरिरहेको छ। यसबीचमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधनसमेत गरिसकेका छन्।

सहयोगअन्तर्गत ५० लाख नगद र बाँकी ५० लाखबराबरको अत्यावश्यकीय मेडिकल सप्लाइज उपलब्ध गराउने चौधरीले जनाएका छन्।

‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको कोरोना कोषमा नर्भिक/वसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोगस्वरूप ५० लाख नगद तथा थप ५० लाखबराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने छ,’ चौधरीले सहयोग घोषणा गर्दै ट्विटरमा लेखेका छन्।

कोरोनाविरुद्ध लड्न सरकारले सोमबार कोरोना कोष स्थापना गरेको छ।  ५० करोडको कोष स्थापना गरेको सरकारले सहयोग गर्न सबैमा आग्रह गरेको छ। कोष स्थापनासँगै एनआरएनएलगायतका विभिन्न संस्थाहरूले सहयोग घोषणा गरिरहेका छन्।

करोना कोषमा नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड़ सहयोग !

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको “करोना कोष” मा नर्भिक / बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज़ उपलब्ध गराइने घोषणा गर्दछौं ।

— Basant Chaudhary (@basant_cg) March 22, 2020
प्रकाशित मिति: : 2020-03-23 23:55:27

प्रतिकृया दिनुहोस्