समाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ? अव भ्रम फैलाए यस्तो सजाय

पछिल्लो समय समाजिक सञ्जालमा कोरोना भाइरस सम्बन्धि भ्रमहरु फैलिएका छन् । केही मानिसहरु उक्त भ्रमलाई सत्य समेत सोचिरहेका छन् भने केहीले हाँसो मजाकको रुपमा लिइरहेका छन् ।

तर, साच्चिकै संकटको समयमा यस्ता भ्रमले आम नागरिकमा प्रभाव पार्छ कि पार्देन होला त? समाजिक सञ्जालको दुरुपयोग गर्दे त्यस्ता भ्रम सृजना गराउनेलाई सरकारले कारवाही गर्ने जनाउदै कानुनी व्यवस्थाको समेत ख्याल गर्न आग्रह गरेको छ ।

भ्रम फैलाउनले त्यस्ता सुचना सम्प्र्रेषण गरे कड सजायँ हुने कानुनी व्यवस्था समेत लागू हुने भएकोछ। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद(२ ‘सार्वजनिक शान्ति विरुद्धका कसूर’ मा त्यसको व्यवस्था गरिएको छ।

अफबाह फैलाउनेबारे कानुनमा यस्तो भनिएको छ

झुट्ठा अफबाह फैलाउन नहुनेः

१ कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन ।

२ उपदफा ९१० बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । विद्युतीय माध्यमबाट अफवाह फैलाएमा थप सजायँ समेत हुन सक्छ।

प्रकाशित मिति: : 2020-03-23 23:16:24

प्रतिकृया दिनुहोस्