जापानको टोकियोमा २०२० मा आयोजना हुने ओलम्पिक प्रतियोगिताका लागि म्यानमारमा जारी दोस्रो चरणको महिला फुटबल छनोटमा नेपाल शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । ६ महिनाअघि पहिलो चरणमा बराबरी खेलेको नेपाल दोस्रो चरणमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
दुई साताअघि घरेलु मैदानमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतविरुद्ध हार व्यहोरेको नेपाल बदला लिने लक्ष्यमा मैदान उत्रिँदैछ ।