जर्मन चान्सलर मर्केल सेल्फ क्वारेन्टिनमा

बिएल संवाददाता

बर्लिन, जर्मनी

जर्मन चान्सलर एन्जेला मर्केल सेल्फ क्वारेन्टिनमा गएकी छिन्। उनी कोरोना भाइरस संक्रमित एक चिकित्सकसँग सम्पर्कमा आएपछि चान्सलरको सरकारी निवासमै सेल्फ क्वारेन्टिनमा गएकी हुन्। 

६५ वर्षीय चान्सलर मर्केललाई शुक्रबार निमोनियाबिरूद्ध प्रतिरोधात्मक खोप दिएका एक चिकित्सकमा कोरोना भाइरस पोजिटिभ देखिएपछि मर्केल सेल्फ क्वारेन्टिनमा गएकी हुन्।

केही समयपछि उनी कोरोना भाइरस संक्रमित भएको/नभएको बारेमा थाहा पाउँन परीक्षण गरिने बताइएको छ। 

उनले निवासमै रहेर आफ्नो भूमिका निर्वाह गर्ने बताइएको छ। उनका प्राय सबै भेटघाट रद्द गरिएका छन्। उनी टेलिफोन र भिडियो कन्फरेन्समा मात्र उपलव्ध हुने बताइएको छ।

जर्मनी पनि कोरोनाको कहरमा छ । यहाँ यो समाचार तयार पारून्जेलसम्म २४८०६ कोरोना भाइरस संक्रमित छन् भने ९३को मृत्यु भैसकेको छ।  संक्रमित संख्याको हिसाबले जर्मनी कोरोना कहरमा विश्वकै रोल नम्बर ५ हो । मृतकको हिसाबले भने निकै पछि छ।  

प्रकाशित मिति: : 2020-03-23 13:07:33

प्रतिकृया दिनुहोस्