अमेरिकामा न्युयोर्क बन्यो कोभिड-१९ को इपिसेन्टर: ११४ को मृत्यु, १६,७४२ संक्रमित 

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३९२ पुगेको छ भने संक्रमितको संख्या बढेर ३२,०३७ पुगेको छ। यो संख्यासँगै न्युयोर्क कोरोनाको इपिक सेन्टर भएको छ। उसले अमेरिकाका सबै राज्यलाई मृत्यु हुने र संक्रमित हुने दुबै संख्यामा उछिनेको छ। त्यहाँ मृतकको संख्या ११४ र संक्रमितको संख्या १६,७८२ पुगेको छ। पछिल्लो २४ घण्टामा न्युयोर्कमा ५८ जनाको मृत्यु भयो भने ६३७० संक्रमित थपिएका छन्।

कोरोना भाइरसको यो भयावह स्थितिपछि अमेरिका विश्वमा कोरोना भाइरस संक्रमित देशको रोल नम्बर ३ मा पुगेको छ। यसअघि रोल नम्बर २ मा  इटाली र रोल नम्बर १ मा चीन रहेको छ। चीनमा ८१,०५४ र इटालीमा ५३५७८ संक्रमित रहेका छन्। 

नेपालको वीरगञ्जका एकजना व्यापारीलाई कोरोना भाइरस संक्रमण भएको परस्पर विरोधी समाचार बाहिर आएको छ । केही सञ्चार माध्यमले समाचार बाहिर ल्याए पनि सरकारले त्यो गलत भएको बताएको छ। 

तर, मृतक संख्याको हिसाबले भने अमेरिका छैठौ स्थितिमा छ। 

मृतक संख्याको हिसावले विश्वका पाँच शीर्ष राष्ट्रमा क्रमश:   इटाली, चीन, स्पेन, इरान र फ्रान्स रहेका छन्। प्राप्त पछिल्लो तथ्यांकअनुसार इटालीमा ४८२५, चीनमा ३२६१, स्पेनमा १७५६, इरानमा १६८५ र फ्रान्समा ५६२ को मृत्यु भैसकेको छ ।  

कोरोना कहर अपवाद देशलाई छोडेर संसारभर फैलिएको छ। पछिल्लो तथ्यांकअनुसार ३२२५७२ संक्रमित भएका छन् भने मृतकको संख्या बढेर १३७४६ पुगेको छ।

उता, नेपालको वीरगञ्जका एकजना व्यापारीलाई कोरोना भाइरस संक्रमण भएको परस्पर विरोधी समाचार बाहिर आएको छ । केही सञ्चार माध्यमले समाचार बाहिर ल्याए पनि सरकारले त्यो गलत भएको बताएको छ। 

प्रकाशित मिति: : 2020-03-23 11:39:00

प्रतिकृया दिनुहोस्