रुगंटा काेराेना विवाद: भाइ भन्छन्– हाे, भतिजा भन्छन्–हाेइन

वीरगञ्जका उद्योगी शिवकुमार रुगंटालाई कोरोना संक्रमण भएकाे कुरा विवादमा परेकाे छ। विरामीकाे उपचार गराइरहेका रुगंटाकाे रगत भारतको बिहारमा रहेको पटना पिएमसिएच अस्पतालले पुणे पठाएको थियाे।

वीरगञ्ज आदर्शनगर निवासी ६७ बर्षिय रुगंटा का भाई सुरेशले पुणे अस्पतालमा कोरोना संक्रमित भएको पुष्टि भएकाे बताएका थिए। उनले याे जानकारी आफूलाई पनि दिएकाे पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले बताएका छन्। यादवले आफ्नाे फेसबुक स्टाट्समै शिवकुमारलाई काेराेना संक्रमण भएकाे भनाई पाेस्ट गरेका थिए। 

तर, उनका भतिजा आकाशले भने शिवकुमारलाई काेराेना भाइरसकाे स‌ंक्रमण नभएकाे दावी गरे। उनले पूणेमा पठाइएकाे ल्याबकाे रिपाेर्ट सार्वजनिक नगरेपनि पटना अस्पतालले दिएकाे रिपाेर्टकाे आधारमा शिवकुमारमा स‌ंक्रमण नकरात्मक भएकाे बताए। 

तर, पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले शिवकुमारमा संक्रमण देखिएकाे समाचार आएपछि अतिरिक्त सावधानीका लागि उनका परिवारका १८ जना सदस्य मध्ये १३ जनालाई ‘होम क्वारेनटाइन’मा राखिएको बताए। यस्तै अन्य ५ जना सदस्यलाई पटनामा डाक्टरको निगरानीमा राखिएको जनाइएको छ।

यसैबीच पटनामा उपचार गराइरहेका रुगंटाले उनी ५ दिन आफ्नो रक्सौलस्थित नातामा साढुभाई पर्ने गोपिराम धनौरीयाको घरमा बसेको बताएपछि धनौरीयालाई समेत भारतीय प्रहरीले नियन्त्रणमा लिएर निगरानीमा राखेको छ। 

केही समयअघि रुगंटाको दुवै मृगौला काम नलाग्ने भएपछि श्रीलकांमा प्रत्यारोपण गरिएको थियो। उद्योगी रुगंटा विगत २ साता अगाडी वीरगञ्जबाट कोलकोत्ता गएको र त्यहाँबाट दिल्ली हुँदै छोरालाई स्कुलमा पुर्याउन देहरादुनको मसुरी पुगेका थिए। मसुरीबाट फेरी दिल्ली हुँदै उनी वीरगञ्ज फर्किएको बताइएको छ।

वीरगञ्ज आएपछि उनी आदर्शनगरस्थित आफ्नै चावोसति ग्रुपको कार्यलयमा २ दिन बसेको र सोही बखत उनलाई ज्वरो समेत आएको श्रोतले जनाएको छ। उनलाई चैत्र ३ गते ज्वरो आएको र उनले आफ्नो निजी चिकित्सकलाई चेकजाँच गराएका थिए। उनका निजी चिकित्सकले कोरोनाको परीक्षण गर्न सुझाव दिएपछि उनी थप उपचारका लागि भारतकाे पटना पुगेका थिए।  

रुगंटालाई कोरोना संक्रमण देखिएको पुष्टी भएसँगै वीरगञ्जमा धेरै व्यक्तिलाई संक्रमण फैलिन सक्ने आशंका गरिएको छ। 

प्रकाशित मिति: : 2020-03-23 10:48:48

प्रतिकृया दिनुहोस्