युएईको लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा रहेका नेपालीहरुलाई नआत्तिन अनुरोध गरेका छन्। उनले युएईमा कोरोनाको प्रभाव तुलनात्मक रूपमा कम देखिएकोले संयममता अपनाउन आग्रह गरेका हुन्।
युएई सरकार र नेपाल सरकारले जारी गरेका सूचनाहरूअनुसार आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिन, भीडभाडबाट सकेसम्म टाढै बस्न र स्वस्थ आहार–विहारमा जोड दिन अनुरोध गरेका छन्। यस्तै उनले सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरू प्रभावकारी र उदाहरणीय भएकाले कठिन परिस्थिति आउन नसक्ने बताए।
युएई सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि उच्च सतर्कता र कुशलतापूर्वक काम गरिरहेकोले नेपाली कामदारहरुलाई जहाँ भए पनि उच्च मनोवलका साथ रहन उनले आग्रह गरे।
साथै यससम्बन्धी कुनै जिज्ञासा वा समस्या भएमा युएई सरकारका सम्बन्धित निकाय र नेपाली दूतावास अबुधाबीमा सम्पर्क राख्न राजनूदत ढकालको अनुरोध छ।