कोरोना संक्रमणबारे भ्रामक प्रचार गरेको अभियोगमा युवक पक्राउ

काेरोना भाइरसको संक्रमणबारे अनर्गल प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापामगर रहेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार उनले कोरोनाका कारण एक जनाको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका थिए। 

 साइबर व्यूरोका एसएसपी नविन्द अर्यालले यसबारे अहिले अनुसन्धान भइरहेको बताए। ‘प्राविधिक पाटोबारे हामीले अध्ययन गरिरहेका छौं,’ उनले भने।

उनले यस्ता गलत हल्ला फैलाउने व्यक्तिलाई कारबाही हुने चेतावनी दिए। सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ।

 

यो पनि 
कोरोना नेपालमा भित्रिइसकेको हल्ला फैलाउने अडियोको प्रहरीले थाल्यो अनुसन्धान

 

प्रकाशित मिति: : 2020-03-22 04:56:17

प्रतिकृया दिनुहोस्