देशभरका सबै अदालत चैत २१ सम्म बन्द गर्ने ‘फुल कोर्ट’को निर्णय

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको ‘फुल कोर्ट’ बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिन दुई सातासम्मका लागि देशभरिका सबै अदातल बन्द गर्ने निर्णय गरेको छ । निर्णयअनुसार, चैत २१ गतेसम्म देशभरका सबै अदालत बन्द हुने भएका छन्।

सर्वोच्च अदालतसहित देशभरिका अदालतमा कोरोना भाइरसको संक्रमणको जोखिममा रहेको भन्दै कानून व्यवसायीहरुले सुनुवाइ स्थगित गर्न माग गरेपछि शुक्रबार फुल कोर्टको बैठक बसेको थियो। प्रधानन्यायाधीश राणाको अधयक्षमा बसेको बैठकमा सर्वोच्च अदालतका सबै न्यायाधीशहरु सहभागी थिए।

‘फुल कोर्ट’ बैठकका लागि सर्वोच्चले आज तोकिएका पेशीहरु यसअघि नै स्थगित गरिसकेको थियो। अदालतको काममा सेवाग्राही र कानुन व्यवसायी जम्मा हुने भीडले कोरोना संक्रमणको खतरा हुने भन्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियन र सर्वोच्च अदालत बार एशोसिएशनले पत्र लेखी प्रधानन्यायाधीश राणालाई सुनुवाइ तत्काल स्थगित गर्न माग गरेका थिए। जल्ला र उच्च अदालत बार एशोसियसनले पनि बन्दीप्रत्यक्षीकरण बाहेकका सबै मुद्दाको सुनुवाइ रोक्न माग गरेका थिए। 

यो निर्णयले अदालतले गर्ने बन्दीप्रत्यक्षीकरण बाहेकका सबै मुद्दाको सुनुवाइ रोकिने छ। सरकारले दुई दिनअघि नै २५ जनाभन्दा धेरै मानिस भेला हुने कार्य नर्गन र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिसकेको छ।

प्रकाशित मिति: : 2020-03-21 01:51:22

प्रतिकृया दिनुहोस्