कमेडी च्याम्पियनको ‘वर्ल्ड टुर’ स्थगित

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को ‘वर्ल्ड टुर’ स्थगित भएको छ। कार्यक्रमका निर्णायक मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै ‘वर्ल्ड टुर’ स्थगित गरिएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘कमेडी च्याम्पियनको यात्रा सकिएको होइन, रोकिएको मात्र हो। हिमेश, खबपु, दले, सुमन, मेक्सम सहितको हाम्रो विश्वयात्रा कोरोनाको कहर अन्त्य भएपछि पुनः शुरु हुनेछ। अहिलेलाई जो जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित हुनुहोस्।’

यसअघि बैशाखको दोस्रो सातादेखि अस्ट्रेलियाबाट वर्ल्ड टुर शुरु गर्ने योजना रहेका थिए।

त्यसो त कमेडी च्याम्पियनको उत्कृष्ट पाँच प्रतियोगीलाई ‘वर्ल्ड टुर’ लाने व्यवस्था गरिएको गजुरेलले बताए। गत शनिवार आयोजित कमेडी च्याम्पियनको उपाधि हिमेशले जितेका थिए। ग्रान्ड फिनालेमा सुमन कोइराला र खड्ग बहादुर पुनलाई पछि पार्दै हिमेश पन्त विजेता घोषित भएका थिए।

प्रकाशित मिति: : 2020-03-20 04:05:35

प्रतिकृया दिनुहोस्