मन्त्री भुसालको घोषणा : किसानकाे २५ प्रतिशत नाफा सुनिश्चित गर्ने, ५ प्रतिशत ब्याजमा कृषि ऋण

बिएल संवाददाता

काठमाडाै‌ं

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले किसानको खर्च कटाएर नाफा हुने गरी कृषिवस्तुको मूल्य तोक्ने घोषणाा गरेका छन्। मुख्य बाली वस्तुको उत्पादन लागतको मूल्यांकन गरेर उचित वचतको ग्यारेन्टी हुने गरी न्युनतम समर्थन मूल्य तोक्ने उनले बताएका हुन्। 

बुधबार आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले  सरकारले तोकेको मूल्यमा किसानले बजारमा कृषि वस्तु बेच्न सक्ने र यदि बिक्री नभएमा सरकारले किनिदिने बताए। उनले नगदेबालीमा २५ प्रतिशत नाफा सुनिश्चित गर्ने पनि बताए।

मन्त्री भुसालले हरेक किसानलाई ५ प्रतिशत ब्याजदर नबढ्ने गरी कृषि ऋणको व्यवस्था गर्ने पनि घोषणा गरेका छन्। यस्तै उनले यसअघिको अनुदानमा प्रणालीमा सुधार गरी सबै किसानले पाउने गरी मल, बीऊ, सिञ्चाई र विजुलीमा अनुदान दिने बताएका छन्। 

मन्त्री भुसालले आफ्नो नीतिले दलाल पुँजीबाद हावी रहेको कृषि क्षेत्रमा धक्का दिने बताए। ‘दलाल पूँजीवाद कृषिमा छ्यापछ्याप्ती छ हाम्रो पाँच नीतिले यसलाई धक्का दिन्छ। उपभोक्ताले तिरेको मूल्य कृषककै हुनेछ’ उनले भने।

प्रकाशित मिति: : 2020-03-19 04:06:20

प्रतिकृया दिनुहोस्