खुकुरीका वीर गाथा सुनाउदिनँ घडी-घडी 

गजल

तिम्रै कोखबाट जन्मिएर पनि सौतेलो भए आमा
गोर्खाको सन्तान यो देशमा कल्लाऽऽऽऽ पो भए आमा 

खुकुरीका वीर गाथा सुनाउँदिनँ घडी-घडी 
रगतले लेखेको ईतिहासमा मात्र कात्रो भए आमा 

आँधीहुरीमा सँगै लड्यौं बसन्त आउदा चिनिनौं 
बोलीमा चै माछो-माछो सत्यमा भ्यागुतो भए आमा

जन्मिएको देशमा पाउना भने, मुलुक फर्किए बर्मा 
धोबीको कुकुर म त न घरको न घाटको भए आमा 

तिम्रै कोखबाट जन्मिएर पनि सौतेलो भए आमा
गोर्खाको सन्तान यो देशमा कल्लाऽऽऽऽ पो भए आमा

प्रकाशित मिति: : 2020-03-15 03:16:49

प्रतिकृया दिनुहोस्