स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न सरकारकाे निर्देशन

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ।

 स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई अर्को आदेश नभएसम्मको लागि बिदा नबस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो ।

‘विश्वका विभिन्न देशमा कोरोना भाइरस फैलिरहेकाले नेपालमा पनि थप सतर्कता अपनाउनुपर्ने भएकाले अर्का सूचना नआएसम्म विदामा नबस्नुहुन अनुरोध गरिएको छ,’विज्ञप्तीमा भनिएको छ।

मन्त्रालयले प्रसूति र किरिया बाहेकका बिदा स्वीकृत नगर्न भएको छ। तर बिदा बस्नै पर्ने भए वैकल्पिक व्यवस्था गरेर मात्र बिदा स्वीकृत गराउन पनि सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: : 2020-03-14 21:02:12

प्रतिकृया दिनुहोस्