शिखर नगरपालिकामा एक वृद्ध मृतावस्थामा फेला परेका छन्।
वडा नं २ कठालीगाउँका अन्दाजी ६६ वर्षीय अनिल मल्ल डडेल्धुरा दिपायल जोड्ने डा केआइसिंह राजमार्गको गेरुपानी सडकको नालीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए।
उनका अनुसार मल्लको टाउकामा चोट लागेको छ। टाउकामा चोट लागेका कारण आफन्तले उनको हत्या भएको आशङ्का गरेका छन्।
शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी देउवाले बताए। मल्ल डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजार जान्छु भन्दै घरबाट निस्किएका थिए।