बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेल्प डेस्क सञ्चालन

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमण बिरामीको पहिचानका लागि ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ। भाइरस सङक्रमण हुन नदिन र सङ्क्रमित भेटिए उपचार गर्नका लागी सो डेस्क सञ्चालनमा ल्याएको हो।

प्रतिष्ठानमा विशेष गरी ज्वरो तथा रुघाखोकी लागेर सेवा लिन आउने बिरामीलाई डेस्कले समन्वय गरी सहयोग गर्ने प्रतिष्ठानका निर्देशक प्राडा गौरीशङ्कर साहले जानकारी दिए।

‘भाइरसको सङ्क्रमण देखिएका बिरामीलाई ‘आइसोलेशन वार्ड’मा राखिने छ’, उनले भने, ‘यसका लागि प्रतिष्ठानमा १० वटा श्यया र तीन सघन उपचार कक्ष छुटया्इएको छ।’

चिकित्सकका लागि व्यक्तिगत सुरक्षाका सबै सामग्री उपलब्ध गराएको उनको भनाइ छ। ‘चिकित्सकका लागि एम ९५ मास्क, गाउन, चस्मा, थर्मो स्केललगायत सुरक्षाका सामग्री व्यवस्थापन गरिएको छ’ उनले भने। साहको नेतृत्वमा १२ सदस्यीय ‘¥यापिड रेस्पोन्स टिम’ बनाएको थियो। 

प्रकाशित मिति: : 2020-03-14 02:09:52

प्रतिकृया दिनुहोस्