कोरोना भाइरसको आशंकामा ६ जनालाई राजधानीका दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा विकास देवकोटाले हालसम्म ४ सय ४६ जनामा कोरोनाको परीक्षण समेत गरिएको बताए।
नेपालमा हालसम्म एकजनामा कोरोनाको संक्रमण देखिएको र कोरोना संक्रमण देखिएका ती बिरामीलाई निको भइसकेको स्वास्थ्य मन्त्रालयको दाबी छ।
सरकारले कोरोना भाइरस भित्रिने जोखिम रहेको भन्दै कोरोना प्रभावित ८ देशहरु चीन, इरान, इटाली, दक्षिण कोरिया, फ्रान्स, जापान, जर्मनी र स्पेटबाट नेपाल आउने यात्रुहरुलाई अन अराइभल भिसा समेत बन्द गरेको उनले बताए।