संयुक्त राष्ट्रसंघको शान्ति मिशनअन्र्तगत सुडान जान लागेका करिव सात सय नेपाली सेनाको टोली अन्तिम अवस्थामा रोकिएको छ। कोरोना भाइरसको महामारीका कारण टोली रोकिएको हो।
शान्ति मिशनका लागि गत फागुन २५ गते नै त्यसतर्फ उड्नुपर्ने नेपाली सेनाको टोली अन्तिम अवस्थामा रोकिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गरे।
‘युएन हेडक्वार्टरले नै पत्र पठाएर तत्काललाई स्थगित गर्न भनेको छ। त्यसकारण तयारी अवस्थामा रहेपनि हामी पछि हट्न बाध्य भयौ’, प्रवक्ता शर्माले भने।
संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापना कार्यको लागि फौज पठाउने विश्वका १२२ देशमध्ये नेपाल चौथो देशमा पर्छ।
हाल संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विभिन्न १२ वटा द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ छन्। जसमा नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरु गरी जम्मा ५ हजा ६५८ जना सुरक्षाकर्मी कार्यरत रहेका छन्।