कोरोना भाइरसको कारण एप्पलको कार्यक्रम रद्द, सस्तो आईफोनका लागि कुर्नुपर्ने

एजेन्सी

काठमाडाैं

कोरोना भाइरसको कारण विश्वव्यापी रूपमा सबै प्रविधिअन्तर्गतका कार्यक्रम रद्द भएपछि एप्पलले पनि मार्च २०२० को अन्तमा गर्न लागेको कार्यक्रम रद्द गर्ने तयारी गरिरहेको छ।

३१ मार्चमा हुन लागेको एप्पलको कार्यक्रममा सस्तो आईफोन र नयाँ आईप्याड–प्रो सार्वजनिक हुन लागेको थियो तर अब यी दुबै उत्पादन पछि कार्यक्रममा पेश हुनेछ अनलाइन कार्यक्रमको आयोजना पनि हुनसक्छ।

कल्ट अफ म्याकको रिपोर्टअनुसार ३१मार्चमा हुन लागेको कार्यक्रम कोरोना भाइरसको कारण रद्द गरिएको छ।रिपोर्टअनुसार एप्पलको कपर्टिनो पार्कनजिकै १ हजारभन्दा बढी मानिसलाई जम्मा गर्न प्रतिबन्ध लगाइएको छ।यो प्रतिबन्ध ११ मार्चदेखि१ अप्रिलसम्मको लागि रहेको छ। यस्तो अवस्थामा कुनै ठूलो कार्यक्रमको आशा गर्न सकिदैन।

कोरोना भाइरसका कारण धेरै एप्पल स्टोरहरू चीनमा बन्द छन र एप्पल आपूर्तिकर्ताहरूले पनि उनीहरूको कारखाना बन्द गर्नु परेको छ। यस्तो अवस्थामा आईफोनको उत्पादन पनि बन्द भएको छ। यी मध्ये केही कारखाना चलिरहेका छन् तर उत्पादन माग अनुरूप काम भइरहेको छैन। 

खबरअनुसार ३१मार्च, २०२० मा एप्पलको हुन लागेको कार्यक्रममा आईफोन–९ लाई सुरू गर्ने समाचार आएको थियो, जसलाई आईफोन एसई–२ पनि भनिन्छ भन्ने सुनिन्थ्यो।

३१ मार्चमा आईफोन एसई–२ को सार्वजनिक जर्मन वेबसाइटले गर्ने दावी गरिएको थियो तर यो कुरा एप्पलबाट कुनै पुष्टि आएको छैन।

त्यस रिपोर्टकाअनुसार आईफोन एसई–२ को बिक्रि वितरण अप्रिल२ देखि शुरु गरिनेछ। आईफोन–९ वा एसई–२ को मूल्य ४३९९ अर्थात लगभग ४४,७४३ नेपाली रुपैयाँ हुने कुरा राखेको छ।अघिल्लो रिपोर्टअनुसार आईफोन एसई–२ मा ३ जीबी रैम्पको साथसाथै ६४ र १२८ जीबी स्टोरेजमा हुनेछ। 

यस फोनमा ए–१३ प्रोसेसर उपलब्ध हुनेछ जुन आईफोन–११मा पनि छ यद्पि यस फोनको आकारले प्रयोगकर्तालाई निराश तुल्याउन सक्छ किनभने रिपोर्टकाअनुसार आईफोन एसई–२ को आकार आईफोन–५ काे बराबर हुनेछ।

यसअघि पनि आईफोन एसई–२ का तस्वीरबाहिर आएका थिए।
 

प्रकाशित मिति: : 2020-03-13 01:34:23

प्रतिकृया दिनुहोस्