सांसद यादवकाे प्रश्न – सदनभित्रै फोहोर छ, यसलाई छोएपछि धुन कहाँ जाने?

बिएल संवाददाता

काठमाडाै‌ं

सांसद रेणु यादवले सांसद बस्ने कुर्सीमा लगाइएका खोल फोहोर हुँदा सफाइमा ध्यान नदिएको आरोप लगाएकी छिन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद यादवले कोरोनाको संक्रमणबाट बच्न बारम्बार हात धुनु भनेर सरकारले विज्ञापनमात्र गरिरहेको भन्दै सांसद मै सफाइमा ध्यान नदिएको आरोप लगाएकी हुन्।

आफू बस्ने कुर्सीको खोल देखाउँदै उनले भनिन्, ‘सदनभित्रै यस्तो फोहोर छ, यसलाई छोएपछि बारम्बार हात धुन कहाँ जाने?, सदन भित्र सरसफाइको आअवश्य पर्छ कि पर्दैन्?’

उनले कोरोना संक्रमण भित्रिन नदिन सरकारले गम्भिर नभएको आरोपसमेत लगाइन् । भीडभाडयुक्त क्षेत्र बन्द गर्नुपर्ने, शैक्षिक संस्था बन्द गर्नुपर्ने जस्ता विषयमा सरकार गम्भीर नदेखिएको उनको भनाइ थियो।

भारत लगायत सम्पूर्ण देशले आफ्नो सुरक्षाका लागि संयन्त्र तयार पारिरहेको अवस्थामा नेपाल सरकार भने विज्ञापन र भाषणमा मात्र केन्द्रित भएको उनले बताइन् ।
 

प्रकाशित मिति: : 2020-03-13 01:06:50

प्रतिकृया दिनुहोस्