बम बिस्फोटपछि बाँस्कोटा निवास {भिडियाे र तस्बिरहरू}

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ।

लोकन्थलीस्थित निर्माणाधीन घरमा बुधबार बिहान बम विस्फोट भएको प्रहरीले जनाएको छ।

घरको कम्पाउन्डमा गराइएको विस्फोटले पर्खालमा क्षति पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी एवं प्रवक्ता श्याम ज्ञवालीले जानकारी दिए।

भक्तपुरको लोकन्थीलीस्थित मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको उनको निर्माणाधीन घरमा विष्फोट भएको हो ।

बिहान ८ बजेको समयमा भएको बम विष्फोटबाट बाँस्कोटाको बन्दै गरेको घरको पर्खाल भत्किएको छ। झ्यालका सिसाहरु फुटेका छन् ।

त्यसैगरी सँगै रहेका दुई वटा घरका शिशा पनि फुटेका छन्। एउटा मारुती भ्यानमा क्षति पुगेको छ ।

उनले बम विस्फोट कसले गराएको भन्ने पत्ता लागि नसकेको भन्दै अनुसन्धान सुरु भइसकेको बताए ।

विस्फोटका बेला बाँस्कोटा भने निवासमा थिएनन् । उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन् । मन्त्रीबाट राजीनामा दिएपछि पनि उनी आफ्नो निवास सरेका छैनन् ।

हेर्नुहोस् केही तस्बिरहरू

प्रकाशित मिति: : 2020-03-11 22:45:20

प्रतिकृया दिनुहोस्