नेपालकाे तराई क्षेत्रमा मंगलबार धुमधामका साथ फागुपूर्णीमा अर्थात हाेली मनाइयाे। काेराेना भाइरसकाे सन्त्रासका बीच तराईमा बसाेबास गर्ने मधेशी तथा पहाडे समुदायले आपसमा रंग दलेर एकअर्कालाई शुभकामना दिँदै फागु मनाए। तराईमा मंगलबार बिहानैदेखि विशेष चहलपहल देखिएकाे थियाे।
मानिसहरु एकअर्काकाे घर गएर रंग तथा अबिर दल्दै गरेकाे दृश्यले सबैलाई आकर्षित तुल्याएकाे थियाे। बिहानैदेखि बिभिन्न मिष्ठान्न तथा भाङ पिएर ढाेल नगाडाका साथ बाटाेमा मनाेरञ्जन गर्दै हिडेका युवायुवती काेराेना भाइरसकाे त्रासबाट मुक्त देखिन्थे।
सरकारी उर्दी र काेराेनाका कारण यसपालिकाे फागु केही व्यवस्थित देखिएकाे थियाे।