कांग्रेस छाेडेका ज्योतिरादित्यका छाेराले भने–बुवाको निर्णयप्रति गर्व छ 

एजेन्सी

ग्वालियर

ज्योतिरादित्य सिन्धियाका छोरा महाआर्यमानले कांग्रेस छोड्ने बुवाको निर्णयप्रति आफूलाई गर्व लागेको बताएका छन्। 

ज्योतिरादित्यले १८ वर्ष लामो कांग्रेस पार्टीसँगको सम्बन्ध परित्याग गरेको घोषणा गरेपछि महाआर्यमानको ट्वीट सार्वजनिक भएको हो। उनले भनेका छन्, ‘मलाई आफ्नो बुवाको निर्णयमा गर्व छ। उहाँले आफ्नो अडान राख्नु भयो। एउटा लामो विरासत छोड्न हिम्मत चाहिन्छ। इतिहास साक्षी छ, हाम्रो परिवार कहिल्यै सत्ताको पछाडि दौडिएन। हामीले पहिले नै गरेको प्रतिज्ञाअनुसार भारत र मध्यप्रदेशमा प्रभाव पार्ने परिवर्तन ल्याउने छौं।’

ज्योतिरादित्य सिन्धियाले आफ्ना कार्यकर्तालाई कांग्रेसमा बसेर आफू काम गर्न नसक्ने स्थितिमा पुगेको हुनाले राजीनामा गरेको बताएका थिए। उनी कांग्रेसबाट ४ पल्ट सांसद बनेका थिए। 

प्रकाशित मिति: : 2020-03-11 07:51:56

प्रतिकृया दिनुहोस्