प्रहरी कार्यालय पर्सामा खेलियाे हाेली (फाेटाे फिचर)

जिल्ला प्रहरी कार्यालय पर्साले तराईको दोस्रो महान चार्डको रुपमा रहेको होली पर्व मनाएको छ। 

मंगलबार प्रहरी उपरीक्षक गंगा पन्तको उपस्थितिमा होली मनाइएको हो। उनले कार्यलयमा कार्यरत प्रहरी र हिरासत कक्षमा रहेको थुनुवाहरुलाई रंग तथा अबिर लगाएर होलीको शुरुवात गरेकी थिइन्।

सोही अवसरमा उपरीक्षक पन्तले कार्यरत कर्मचारी र हिरासतमा रहेका थुनुवाबन्दीहरुलाई होलीको शुभकामना समेत दिएकी थिइन्। 

होली पर्व आपसी भाइचारा र सद्भावको पर्वको रुपमा रहेकाले समस्त पर्सावासीमा शान्तिपूर्ण ढँगले हर्षोल्लासपूर्वक होली मनाउन उनले आग्रह समेत गरिन्।  

तस्बिर: बिमला गुप्ता

प्रकाशित मिति: : 2020-03-11 06:14:28

प्रतिकृया दिनुहोस्