प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–५ वेतांगु बस्ने ५५ वर्षीय टुलबिर लिम्बुलाई चितुवाको छालासहित सोमबार पक्राउ गरेको हो।
प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्दा लुकाई छिपाई राखेको २ थान चितुवाको छाला बरामद गरिएको प्रहरीले जनाएको छ।
लिम्बुलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि कञ्चनजंगा संरक्षण कार्यालय पठाइएको छ।