प्रहरीले होलीमा जबरजस्ती रंग दलेको अभियोगमा ६५ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले राजधानीका विभिन्न क्षेत्रबाट ७ जना युवतीसहित अन्यलाई सोमबार पक्राउ गरेको हो।
काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार समूहमा झगडा गर्दागर्दै पनि केही पक्राउ परेका छन्।
पक्राउ गरेको स्थानबाट नजिकै रहेको प्रहरी वृत्तमा उनीहरुलाई राखिएको छ। साँझसम्ममा कसुरको गम्भीरता हेरेर उनीहरुलाई छाड्ने वा मुद्दा चलाउने टुंगो लाग्ने बोगटीले जनाए।