आइतबार देशका धेरैजसो ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएका छन् । स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रको मौसम बदली भएको महाशाखाले जनाएको हो।
मौसमविद् वरुण पौडेलका अनुसार पश्चिम र पूर्वका केही पहाडी क्षेत्रमा दिउँसो सामान्य बादल लागेर छिटपुट पानी पर्ने संभावना रहेछ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।
सोमबार पनि पहाडका केही ठाउँमा सामान्य बादल र फाट्टफुट्ट पानी पर्ने संभावना रहेपनि धेरैजसो ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।