सर्वसाधारणको जीवनशैली अपनाउदै पूर्वयुवराज पारस (भिडियाेसहित)

शाहज्यादा हुँदै असंख्य विवादमा मुछिएका पूर्वयुवराज पारस शाह अहिले  ‘युट्युवर’ सोनिका रोकायासँग प्रेममा छन्। विभिन्न काण्ड मच्चाइ रहने पारस  ‘चिप’ बनिदिने बानी र विविध घटनाको विवादमा सतहमा उत्रिरहन्छन्।

थाइल्यान्डमा लामो समय बस्दा लागुपदार्थ सेवन, कारोबार र प्रेमको विषयले पारस विवादमा तानिएपछि नेपाल फर्किएका पारस जनतासँग नजिक हुने क्रममा छन्। पत्नी हिमानीसँग निकटता कायम गर्न नसकेरै जनताको नजार सामू झुकेका पारसको विवादका शिलशीला रोकिने छाँट देखिएको छैन। सर्वसाधारणको जीवनशैली अपनाएको भनिए पनि ‘युट्युवर’ सोनिकासँग हिँड्दै आएका पारस यसपटक भने फरक अवतारमा उत्रिएका छन्।

शनिबार पशुपतिनाथ मन्दिर परिसर पुगेका शाह सरसफाइ कार्यक्रममा सरिक भए। सरसफाइ अभियान सञ्चालन गरिरहेका केपी खनालको निम्तो स्वीकारेर पारस पशुपतिनाथ पुगेका हुन्।

सुरूमा खनालले नै पारसलाई स्वागत गरे। माला लगाइदिए। लगत्तै उनले सरसफाइ अभियन्ताहरूसँग फोटो खिचाए।  सरसफाइ जुटन लागेका पारसलाई खनालले झाडु र पन्जा दिए,तर उनी लगाउन भने मानेनन्।

Image may contain: 4 people, people standing and outdoor

खनालले पटकपटक आग्रह गरेर पन्जा लगाउन सुझाए, तर उनीकाे करकारपले पारसकाे डेक चलेन। पारस भने, ‘पर्दैन, पर्दैन,’। सयाैं काेशिस गर्दापनि पारसले नमानेपछि खनाल एक कदम पछि हटे र उनलाई उनकै हालतमा छाडिदिए।

त्यसपछि पारसले झाडु लिएर सरसफाइ सुरू गरे। उपस्थित सहभागीले तररर.....ताली पिटेर पारसलाई स्वागत गरे। पारसले ल स्टार्ट, स्टार्ट भन्दै सरसफाइ सुरू गरे।

पूर्वयुवराज शाह पशुपति परिसरमा सरसफाइमा जुट्दा खुसी देखिन्थे। 

तर करिव १५ मिनेट सरसफाइमा रमेका पारस भने केही बोलेनन्। धेरैपटक उनलाई पत्रकार र समाजसेविले बाेल्दिन कोशिस गरे। तर उनकाे जिद्दि बानिकाे अगाडि सरसफाइमा सरिक भएकाहरुकाे केही सिप लागेन र उनलाई करकाप गर्न नै छाडिदिए। लागूपदार्थको प्रयोगले गर्दा उनको जिब्रो थिरमा छैन। सायद यही कारणले गर्दा उनी नबोलेका हुन सक्छन्। 

राजपरिवारको यो दर्दानाक हाल देखेर कतिपय रमाइरहेका छन् त कतिपय दुःख व्यक्त गरिरहेका छन्। तर समग्रमा भन्ने हो भने यो नेपाल र नेपालीको लागि एकदमै सकारात्मक सन्देश हो। 

नागरिकबीच पूर्वराजपरिवारप्रतिकाे लोकप्रियताको ग्राफ उकालो लागिरहेका बेला छोराको अलोकप्रियताको ग्राफले पूर्वराजा ज्ञानेन्द्र शाह थिचिरहेका छन्। यही कारणले दरबारप्रतिको विश्वास र मोह जनतामा फितलो हुनसक्ने देखिन्छ। यसैकारण पूर्व राजपरिवारलाई जनताको नजिक हुन जरुरी छ। 

आजको युगमा राजतन्त्रको नाम भजाउदै कुनै एक व्यक्तिको पुर्खौली रखौटिकोरुपमा कुनै राष्ट्र बागडोर रहनु अब करिब करिब असम्भव नै छ भन्दा फरक नपर्ला।  विश्व परिवेशलाई हेर्दा पनि राजतन्त्रभन्दा गणतान्त्रिक व्यवस्था लोकप्रिय देखिन्छ। त्यसकारण आज जो राजतन्त्र फर्काउछु भानिरहेका छन् उनीहरुलाई नै पूर्ण विश्वास छ राजतन्त्र अब सति गैसकेको छ। फगत आफ्नो राजनीतिक स्वार्थको निम्ति राजतन्त्र भजाईरहनु हुनन्। यसैले अब राजपरिवारलाई सत्ताप्रतिभन्दा पनि जनताप्रति झुकाव हुन जरुरी छ। 

प्रकाशित मिति: : 2020-03-08 10:07:35

प्रतिकृया दिनुहोस्