प्रख्यात हिमाली क्षेत्रबाट प्राप्त हुने भारतकाे मसुरी र दार्जीलिङ तथा नेपालकाे काठमाडौं जस्ता शहरले छिट्टै नै पानीकाे ठूलाे अभाव भाेग्नु पर्नेछ। यी शहरकाे जलकाे माग–आपूर्तिमा यसअघि नै ७० प्रतिशतले कमि आइसकेकाे छ।
हिन्दु कुश हिमाली क्षेत्रअर्न्तगत भारत, पाकिस्तान, बंगलादेश र नेपालमा पर्ने १३ शहरकाे हालै गरिएकाे १० भिन्न अध्ययनमा अब्यवस्था र माैसम परिवर्तन यसकाे मूल कारण रहेकाे औल्याइएकाे छ। ‘हिमाली रेन्जमा पर्ने शहरी क्षेत्र सुख्खा भइरहेका छन्’, अध्ययन टाेलीका निर्देशक तथा भारतकाे हैदराबादस्थित भारती इन्टिच्युट अफ पब्लिक पाेलिसीका सहायक प्राध्यापक अन्जल प्रकाश भन्छन्,‘यसमा पनि पानीकाे मुख्य मुहान भनेकाे मनसुन हाे र पछिल्लाे समय माैसम र अन्य कारणले मनसुन घटने क्रममा छ।’
एसियाका १० ठूला नदी, जाे हिन्दु कुश क्षेत्रमा अवस्थित हिमाली क्षेत्र, पश्चिममा अफगानिस्तान र पूर्वमा चीन भएर बग्ने गरेका छन्। यिनीहरुकाे आपूर्ति र मागकाे दूरी सन् २०५० सम्ममा दुई गुणााले बढ्ने अध्ययनले बताएकाे छ। आठ वटा अध्ययन गरिएकाे शहरकाे प्रतिवेदनमा कुनै बेला ५० र १०० प्रतिशत रहेकाे मनसुनकाे उच्च निर्भरता हाल घटेर २०–७० प्रतिशतमा झरिसकेकाे छ।
२ वर्ष लगाएर शृंखलाबद्ध रुपमा गरिएकाे अध्ययनकाे जर्नल ‘वाटर पाेलिसी’ १ मार्च २०२० मा प्रकाशनमा आएकाे थियाे। प्रकाशसँगै नेपालमा कार्यरत आइसिआइमाेडका कार्यकारी निर्देशक जेम्स माेल्डेनले यसकाे सम्पादन गरेका छन्।
पुस्तककाे सम्पादकीयमा हाल ३ प्रतिशत जनसंख्या हिन्दु कुश हिमाली क्षेत्रकाे ठूलाे शहरमा र ८ प्रतिशत सानाे शहरमा बसाेबास गर्ने गरेकाे बताइएकाे छ। यस्तै २०५० सम्म ५० प्रतिशतभन्दा धेरै जनसंख्या शहर केन्द्रित हुने,जसले जल संकट निम्त्याउने भनिएकाे छ।
अध्ययनकाे एउटा निश्कर्ष के पनि छ भने– बढ्दाे शहरीकरण, पानीकाे खराब सुशाषन, कमजाेर याेजना, पर्यटकीय सिजनमा खराब व्यवस्थापन र माैसम परिवर्तनले पानीकाे समस्यालाई थप जटिल बनाउँदै लगिरहेकाे छ।
भारतको अर्को हिमाली शहर मसुरी र देवप्रयागमा गरिएको अर्को अध्ययनले यस क्षेत्रमा न्युन पर्यटकको आवगमन भए पनि अकाशे र बर्षाबाट प्राप्त पानीको संचिती गर्ने उपाय नहुँदा तथा खराब ढलको व्यवस्थापनले पानीको समस्या कसरी बढ्दै गइरहेकाे छ भनेर औल्याएको छ।
पानीको माग उच्च हुनु र बर्षाको ढाँचामा परिवर्तन देखिनु तथा खोलानालाबाट प्राप्त हुने पानीको औसत घट्दै जानुले आपूर्ति प्रभावित भएको छ। ‘जब हामी हिमालहरूमा मौसम परिवर्तनको कुरा गर्छौ, हाम्रो कल्पनामा हिम शृंखला पग्लिएको दृश्य आउने गर्छ,’ मोल्डेन भन्छन्, ‘यो निकै ठूलो समस्या हो, सबैभन्दा ठूलो चुनौति बर्षा र मनसुनमा आएको गडबडी हो।’
आउँदो केही वर्षमा अतिबृष्टी बढ्ने र यसले बाढीपहिरो निम्त्याउने युनाइटेड नेशनसँग मौसम परिवर्तनको विषयलाई लिएर ‘इन्टरगर्भमेन्टल प्यानल फर क्लाइमेट चेन्ज(आइपीसीसी)’ ले हालै गरेको अध्ययन रिपोर्टले देखाएको छ।
रिपोर्टमा केही ठाउँमा चिसो बढ्ने र कुनै ठाउँ सुख्खा हुने बताइएको छ। अनियमित मनसुनले यसअघि नै खाधान्न खराब गरेको रिपोर्ट ‘इन्डिया स्पेन्ड’ले सार्वजनिक गरेको थियो र यसले भारतमा भोको मानिसको संख्या बढाउने सम्भावना उच्च रहेको बताएकाे थियाे।
‘मौसम र पानीको कथा सामान्य छ,’ बेङलुरुस्थित भारतीय इन्सिच्युट अफ ह्युमन सेटलमेन्ट(आइआइएचएस) का सहायक रिसर्चर आमिर बजाज भन्छन्, ‘यो कथा बर्षासँग जोडिन्छ। मौसम परिवर्तनले बर्षाको ढाँचालाई परिवर्तन गर्छ र हाम्रो शरीरले प्राप्त गर्ने पानी बर्षाबाटै आउँछ। यसबाहेक अन्य श्रोत छैन।’
हिमालहरूका लागि पानीको मुहान भनेको मनसुन नै हो। तर, बढ्दो जनसंख्या र बर्षाको ढाँचामा आएको परिवर्तनका कारण पर्याप्त रुपमा हिमालको पुर्नताजगी नहुँदा अति शोषित भएको छ।
‘यसको उत्तर खोजी गर्ने सम्बन्धमा हालसम्म न मनसुनमापन सम्भव भएको छ, न यसको मौसमी अवस्था बुझन सकिएको छ,’ प्रकाश भन्छन्, ‘शहरहरू (हिमाली भेग) मेघगर्जनसहितको मौसमका लागि तयार नभएको आइपीसीसीको रिपोर्टमा दर्साइएको छ।’
भारतको १२ हिमाली राज्य जसमा आसाम, मिजोरम, जम्मु–कश्मिर र लद्धाख मौसम परिवर्तनको सबैभन्दा ठूलो चपेटामा छन्।
पानीको समस्या भोगिरहेका विभिन्न देशमा वर्षो लगाएर विभिन्न वर्ग, जाति र लिङसँग गरिएको सोधमा काठमाडौंको अवस्था झन् दयनीय देखिन्छ। काठमाडौंका धनीवर्गले ३८ दशमलव २ प्रतिशत पानी गरिब परिवारभन्दा कम प्रयोग गर्छन।
क्रमिक रूपमा गरिएको एउटा अध्ययनले काठमाडौंमा बसोबास गर्ने करिब २० प्रतिशत गरिब परिवारसँग सरकारले उपलब्ध गराउने पीउने पानीको पहुँच नभएको बताइएको छ। यस्तो परिवारले अनियन्त्रित रूपमा अनौपचारिक हिसाबले ट्याकरबाट बिक्री गरिने महंगो पानी पीउन बाध्य हुनु परेको छ। यसलै यहाँका गरिबहरू पानीको अर्थतन्त्रलाई अनाधिकृतबाट अधिकृत बनाउन सरकारसँग माग गरिरहेका छन्।
‘पानीमाथिको अधिकारलाई लिएर यहाँ मानिसहरू बीच थुप्रै असमान्ता र विकृति रहेको छ,’ प्रकाश भन्छन्। घरपरिवार भित्र, धेरै मुद्धामा भारतको ओडिसा र राजस्थानसँग नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने महिलाको दुःख मिल्ने गरेको पाइन्छ।
गाउँ होस् वा शहर विस्थापनको समस्या सबैभन्दा बिकराल रुपमा देखिएको छ। सन् २०१८ मा द्धन्द्ध र प्रकोपका कारण १ सय ४८ देशमा २ करोड ८० लाख नयाँ विस्थापनको समस्या देखिएको थियो। भारतमा हालसम्म मौसम परिवर्तनका कारण विस्थापन भएको मानिसको गणना भएको छैन तर मौसम परिवर्तनको सबैभन्दा ठूलो चपेटामा भारत पाँचौ नम्बरमा पर्छ।
‘प्रवासीहरू शहर आउने क्रम बेफाइदा हो, विशेषत महिलाका लागि। अझ गरिबका लागि झनै बेफाइदा हो,’ मोल्डेनले भने, ‘वास्तवमा यहाँ समस्या छ।’
(दिशा सेट्टी भारतकाे बेङलुरु शहरमा बसेर माैसम तथा विज्ञान विषयमा कलम चलाउँछिन्।)